सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा निःशुल्क कान शिविरबाट १७५ जनाले सेवा लिए

२०८० पुष ७, १०:५० खबर संवाददाता

कैलालीः कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन्। गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा शुक्रवार सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन्।

गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशीले सहजीकरण गरेका थिए। शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस