सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमसहित आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८० पुष ७, ०५:४६ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ।

कमेन्ट लोड गर्नुस