कैलालीको अत्तरियाबाट झण्डै ३८ लाख बराबरको अबैध सामान जफत

धनगढीः कैलालीको गोदावरी (अत्तरिया) बाट झण्डै ३८ लाख मुल्य बराबरको अबैध सामान प्रहरीले जफत गरेको छ।
शुक्रबार दिउँसो गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट पश्चिमबाट पूर्वतर्फ आइरहेको एक बलेरो जिपबाट उक्त सामान जफत गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्टको टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–१० का चालक बिरेन्द्र रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३१६९ नम्बरको बोलेरो जिपबाट अबैध कपडा, किर्केट ब्याट, स्केल र क्लिप बोर्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताएका छन्। उनका अनुसार चालकलाई नियन्त्रणमा लिएको छ।

