सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा भारतीय नागरिकबाट नेपाल प्रहरीका हवलदारमाथि हातपात

२०८० पुष ५, ०६:२४ खबर संवाददाता

धनगढीः नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरीका एक हवलदारमाथि हातपात भएको छ। धनगढीसँग सीमाना जोडिएको गौरीफन्टामा भारतीय नागरिकले नेपाल प्रहरीका हवलदार विष्णु भुलमाथि हातपात गरेका हुन्।

सामाजिक सञ्जालहरूमा प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल भएको छ। भिडिओमा चार जनाले एक प्रहरीको कठालो समातेको देख्न सकिन्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब निरीक्षक प्रकाश डाँगीले भिडिओमा देखिएका प्रहरी हवलदार विष्णु भुल रहेको बताए। उनी प्रहरी चौकी डोकेबजारमा कार्यरत छन्।

मङ्गलवार प्रहरी हवलदार भुल आफ्नो व्यक्तिगत कामले कञ्चनपुर पारी भारतीय बजार पुगेका थिए। सोही क्रममा भारतीयसँग विवाद हुँदा उनीमाथि दुर्व्यवहार भएको डाँगीको तर्क छ। प्रहरी हवलदार भुललाई कुनै चोटपटक नलागेको डाँगीले बताए।

 

कमेन्ट लोड गर्नुस