सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु 

२०८० पुष ५, ०७:५५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा बुधवार भएको जिप दुर्घटनामा घाइते भएका दानबहादुर ओलीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर-८ का ४० वर्षीय ओलीको सोही साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाईते भएका सोही जिपमा सवार नबदुर्गा गाउँपालिका वडा नम्बर-४ का २७ वर्षीय दिपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

जिप चालक नबदुर्गा गाउँपालिका वडा नम्बर-१ का ३० वर्षीय दिपकबहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ। अमरगढी नगरपालिका वडा नम्बर-२ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च १८८ नम्बरको जिप सडक नालामा पल्टिएर बुधावार साँझ दुर्घटना भएको थियो। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस