सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना

२०८० पुष ४, ०६:०८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना  भएको छ। अमरगढी नगरपालिका–२ आइतबजारमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

जिप दुर्घटनामा परेर चालकसिहत तीन जना घाइते भएका छन्। चालक दिपक बुढाऐर, दानबहादुर ओली घाइते भएका छन् भने एक जनाको परिचय खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका  अनुसार ओलीको अवस्था गम्भीर छ। अन्य दुई जनाको अवस्था भने सामान्य छ। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस