सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसीको एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा

२०८० पुष ४, ०५:१७ खबर संवाददाता

आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन्।

गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका थिए। पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन्।

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन्।
 

कमेन्ट लोड गर्नुस