सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा यो वर्षभरीकै उच्च कारोबार

२०८० पुष ४, ०४:५३ खबर संवाददाता

काठमाडौंः बुधवार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ। जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढेको नेप्से २१४१.८७ बिन्दुमा पुगेको छ।

यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ। जुन विगत एक वर्ष यताकै उच्च कारोबार हो। यसअघि २०७९ पुस २६ गतेको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे भने निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटेका छन्।
 

कमेन्ट लोड गर्नुस