सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक क्षेत्रमै बनाईएको पार्किङ प्रभावकारी हुन सकेन

२०७६ वैशाख २३, ०६:५५ कमल सावद

धनगढी उप–महानगरमा सडक क्षेत्रमै बनाईएको पार्किङ प्रभावकारी हुन सकेको छैन्। पार्किङ स्थल बनाईएपनि अधिकासं सवारी साधनहरु भने अस्तव्यस्त रुपमा पार्किङ गरेको देखिएको छ। बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आएपछि गत बर्षको भाद्र १ गते शुक्रबार धनगढी उप–महानगरपालिकाले मुख्य सडक क्षेत्रको छेउमै मोटरसाईकल पार्किङ क्षेत्र निर्धारण गरेको थियो। धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिल उप्रेतीले रिवन काटेर संयुक्त रुपमा सडक किनारामा पार्किङ स्थल उद्धघाटन गगरेका थिए तर त्यस्को प्रयोग भने निकै न्यूनले गरेका छन्।

पार्किङ स्थलको उद्घाटन गर्दै नगरप्रमुख नृप वडले अर्को व्यवस्था नभएसम्मका लागि मुख्य बजारको सडक क्षेत्रमा रहेको खुला ठाउँलाई सदुपयोग गरी पार्किङ निर्माण गरेको बताएका थिए। पार्किङ स्थल उद्घाटन भएको नौ महिना भएको छ तर पार्किङ क्षेत्र भन्दा नो पार्किङ लेखिएको क्षेत्रमा सवारी बढि सवारी देखिने गरेको धनगढीका स्थानीय रमेश चौधरीले बताए। उनले ड्युटीमा रहेका ट्राफिक प्रहरीले पनि पार्किङ क्षेत्र व्यवस्थापनका लागि पहल नगरेको गुनासो गरे। अर्का स्थानीय भगत वलीले पनि भएको पार्किङ क्षेत्रलाई समेत व्यवस्थीत बनाउन कसैले चाँसो नदिएको बताए।

धनगढी उपमहानगरपालीकाले पशु सेवा कार्यालय अगाडी, तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय अगाडी, चौराहा र जिल्ला प्रशासन कार्यालय नजिक मोटरसाईकल पार्किङ स्थल निर्माण गरेपनि सवारी साधनहरु भने यत्रतत्र पार्किङ गरेको भेटिने गरेका छन्। पार्किङ गर्ने ठाउँमा रेखांकन गरिएको छ भने पार्किङ स्थल भनेर बोर्ड पनि राखिएको छ। अहिले पनि धनगढीको मुख्य बजारमा रहेका बैंक र अस्पताल अगाडी सेवाग्राहीका मोटरसाईकल बाटो नै छेक्नेगरी पार्किङ गरिका हुन्छन्। बजारको सवारी चाप र अव्यवस्थित पार्किङ्गले बजार क्षेत्र अस्तब्यस्त हुँदै आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले तोकिएको ठाउँमा पार्किङ्ग नगर्नेलाई कारवाही गर्ने जनाएको थियो तर अहिले सम्म कारवाही भने गरेको छैन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस