सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्नयामा गर्भवतीलाई निशुल्क अल्ट्रासाउण्ड शिविर

२०८० पुष ३, ०९:४९ खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाहरुलाई लक्षित गर्दै निशुल्क ग्रामीण अल्ट्रसाउण्ड सेवा सञ्चालन गरेको छ। मंसिर अन्तिम साता ५ वटा वडाका स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिएकोमा मंगलवारबाट (आज) बाँकी वडाहरुमा शिविर सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

मंगलबार वडा नंम्बर–८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा २३ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको महराले बताए। अल्ट्रासाउण्ड गरेका २३ जनामा कुनैमा पनि जटीलता नदेखिएको उनले बताए। गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पहिचान गरेर मातृ तथा शिशु मृत्यु रोक्ने उद्देश्यसहित ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको हो।

अल्ट्रासाउण्डबाट पेटभित्रको बच्चा र आमाको स्वास्थ्य अवस्थाको बारेमा थाहा हुने भएकाले निशुल्क रुपमा प्रत्येक वडामा शिविर सञ्चालन गर्ने गरिएको महराले बताए। भोलि (बुधवार) शिखरपुर स्वास्थ्यचौकीमा गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुनेछ।
 

कमेन्ट लोड गर्नुस