कपिलवस्तुबाट लागुऔषधसहित ६ जना पक्राउ

कपिलवस्तुः कपिलवस्तुमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। वाणगंगा नगरपालिका –२ गोवडिहवाको एक घरबाट ६ जनालाई ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।
पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका –२ का २३ वर्षीय मुक्तिप्रसाद खनाल, कपिलवस्तुकै बुद्धभूमि नगरपालिका –२ का २६ वर्षीय विवेक थापा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –९ का १८ वर्षीय मनोज दर्जी, सोही स्थानका १८ वर्षीय समीर परियार रहेका छन्।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का २८ वर्षीय विनोद परियार र सोही स्थानका ३३ वर्षीय विष्णु श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई जिल्ला अदालतको आदेशमा प्रहरीले ५ दिन थुनामा राखी थप अनुसन्धान सुरु गरेको छ।

