सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र काठमाडौँबिचको खेल बराबरीमा सकियो, शीर्ष स्थानमा धनगढी

२०८० पुष ३, ०५:४९ खबर संवाददाता

धनगढी: नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरी सकिएको हो। यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो। खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए। 

त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल ग¥यो। काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो। 

यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ।

कमेन्ट लोड गर्नुस