सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘फानी’को हानि, बंगलादेशमा ५ जनाको मृत्यु

२०७६ वैशाख २२, ०५:३१ खबर संवाददाता

भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ। आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन। आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो। आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। यसअघि, सो आँधीले भारतमा १६ जनाको ज्यान लिएको जनाइएको थियो।

कमेन्ट लोड गर्नुस