सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच लाख घूससहित एक वडाध्यक्ष पक्राउ

२०८० पुष २, ०४:०० खबर संवाददाता

बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर–३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन्।

वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ। –नेपाल समय
 

कमेन्ट लोड गर्नुस