सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
२०८० पुष २, ०१:३० खबर संवाददाता

बझाङः बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।

कमेन्ट लोड गर्नुस