सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बिभिन्न स्थानबाट सामान बरामद

२०८० पुष २, ०८:४३ खबर संवाददाता

धनगढीः कैलालीका बिभिन्न स्थानबाट सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३४ हजार ३ सय मूल्य बराबरको चिनी, मिठाई, प्याज, नरिवल बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अन्दाजी ३५ हजार ६ सय मूल्य बराबरको बच्चाको उलन जाकेट, उलन ट्राउजर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता जोशीपुर गाउँपालिका वडा नम्बर–१ लक्कडबाट अन्दाजी ३ हजार ५ सय मूल्य बराबरको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान आईतवारको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएका बताएको छ।

कमेन्ट लोड गर्नुस