सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सुपर लिगः आज धनगढी र काठमाडौँ भिड्ने

२०८० पुष २, ०७:३८ खबर संवाददाता

धनगढीः नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा रहेको छ।

जारी लिगमा आज धनगढीले र काठमाडौँले छैटौँ खेल खेल्दैछन्। अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ। धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ। यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ।

कमेन्ट लोड गर्नुस