सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर र कैलारीबाट भन्सार छलीको सामान बरामद

२०८० पुष १, ०५:०२ खबर संवाददाता

कैलालीः  कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीको सामान बरामद गरिएको छ।  जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडकखण्डबाट भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५३  हजार २ सय मूल्य बराबरको साईकल, प्याज, मोजा लगायतका सामान बरामद गरेको छ।

यस्तै, कैलारी गाउँपालिका–४ के–गाँउबाट पनि करिब ३५ हजार ८ सय मूल्य बराबरको बोईलर कुखुरा र साइकल बरामद गरेको छ। आइतवार (आज) बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा सामान फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस