सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई प्रहरी नायव निरीक्षकको बिदाइ

२०८० पुष १, ०४:०३ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा आइतवार दुई जना प्रहरी नायव निरीक्षकको बिदाइ गरिएको छ। हाल कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत जगदिश गिरी र शिवदत्त भट्टको बिदाइ गरिएको हो।

दुबै जना २०५० पौष महिनामा प्रहरी जवानबाट प्रहरी संगठनमा आवद्ध भएका थिए। उनीहरु प्रहरी नियमावली २०७१ ( संसोधन सहित) को नियम १२७ को उपनियम १ (घ) बमोजिम ३० वर्षे सेवा अबधीको आधारमा अवकास भई जान लागेका हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बिदाइ गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस