सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान

२०८० पुष १, ०३:४३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका  लागि बोलपत्र आह्वान गरेको छ।

मोहना, मछेली, बन्द र बनरा गरी चारवटा नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको हो।  तीन करोड ९९ लाख पाँच हजार ७ सय ५६ न्युनतम बोलपत्र रकम (मूल्य अभिवृद्धि) करसहित बोलपत्र आह्वान गरिएको छ।

ती चारवटै नदीबाट एक लाख ६६ हजार ८३१ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि सूचना जारी गरिएको हो। कृष्णपुर नगरपालिकाले नदीजनन्य पर्दाथ उत्खननका लागि आज (आइतवार) चौथो पटक सूचना जारी गरेको हो।

May be an image of text

कमेन्ट लोड गर्नुस