सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक विद्यालयबाट नौवटा सिसिटीभी चोरी

२०८० पुष १, ०३:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक विद्यालयबाट नौवटा सिसिटिभी क्यामरा चोरी भएका छन्।

दोधारा–चाँदनीको भानु माद्यमिक विद्यालयबाट ९ वटा सिसिटिभी क्यामरा चोरी भएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर सिजालीका अनुसार शुक्रबार राति ७ वटा सिसिटिभी क्यामरा चोरी भएका छन्। एक साताअघि एक र करिब दुई महिनाअघि थप एक थान ससिटिभी क्यामरा चोरी भएको उनले बताए।

चोरी कार्यमा संलग्न तीन जनालाई सिसिटिभी फुटेजमा देखाएको छ। विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।

कमेन्ट लोड गर्नुस