सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मी विष्टमाथि कुटपिट

विष्टलाई कुटपिट गर्दै व्यापारी तेजेन्द्र थापा
विष्टलाई कुटपिट गर्दै व्यापारी तेजेन्द्र थापा
२०७६ वैशाख २२, ०४:१८ खबर संवाददाता

दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ। दिनेश संचार गृहमा सहायक सम्पादकमा कार्यरत विष्टमाथि धनगढीका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन्। थापा तत्कालिन एमालेका जिल्ला कमिटी सदस्य हुन्। धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटीङ गर्न गएका विष्टमाथि त्रिनगरकै भवनको सटरमा व्यवसाय गरिरहेका थापाले कुटपिट गरेका हुन्। थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा तथ्याङक संकलन गरिरहेको बेला विष्टमाथि कुटपिट गरेका हुन्। सँगै रहेका पत्रकार कैलाश जोशीले विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेको बताए। त्रिनगरका केहि सटरको भाडा निकै न्यून र केहिको धेरै बढि रहेको गुनासो आएपछि विष्ट रिर्पोटीङका लागि विद्यालयमा गएका थिए। तर रिर्पोटीङ गरिरहेकै अवस्थामा प्रधानाध्यापकको कार्यकक्षमा गएर। विष्टमाथि   कुटपिट भएपछि उनी घाईते भएका छन्। विष्टको मुखमा चोट लागेको छ। कुटपिटमा संग्लन थापा भने कुटपिट गरे लगत्तै भागेका थिए।

यस्तै घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि ध्यानाकार्षण भएको जनाएको छ। प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ। यस्तै महासंघका कैलालीले पनि घटनाप्रति ध्यानाकार्षण भएको जनाएको छ। महासंघका सचिव मिन ठकुरीद्वारा जारी विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ। जनतालाई सूसुचित गर्ने जिम्मेवारी पुरा गर्ने क्रममा विष्टमाथि विद्यालयमै कुटपिट गरेको घटनालाई महासंघले आम पत्रकार र प्रेस स्वतन्त्रतामाथिको हमलाको रुपमा लिएको छ, जारी विज्ञप्तीमा भनिएको छ। यस्तै प्रेस युनियन कैलालीले पनि घटनाको निन्दा गरेको छ। इुनियनका अध्यक्ष श्रवण देउवाद्वारा जारी विज्ञप्तीमा समाचार संकलन गरिरहेको अवस्थामा बिना कुनै कारण व्यापारी थापाले पत्रकार बिष्टमाथि गरेको आक्रमण तथा कुटपिटको घटनाप्रति कैलाली घोर निन्दा तथा भत्र्सना गर्दछ, उल्लेख गरिएको छ। यो स्वतन्त्रतापूर्वक समाचार संकलन तथा संप्रेषण गर्न पाउने संवैधानिक अधिकारमाथि खुलेआम आक्रमण भएको विज्ञप्तीमा उल्लेख छ।

नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रीय समिति र कैलाली शाखाले पनि घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेका छन्। पर्यटन पत्रकार महासंघका केन्द्रीय महासचिव विष्णु शर्मा र कैलाली शाखाका वरिष्ठ उपाध्यक्ष रञ्जित लामाले प्रेस विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरेका हुन्।विष्ट पर्यटन पत्रकार महासंघका केन्द्रीय सदस्य समेत हुन्।  यस्तै प्रेस क्लव धनगढी, प्रगतिशिल पत्रकार सुदूरपश्चिम प्रदेश कमिटिले समेत प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहीको माग गरेको छ। 

यसअघि पनि दिनेश एफएमकर्मीमाथि पनि पटक–पटक आक्रमण भएको छ। एफएमकर्मी विष्ट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रिर्पोटीङ गर्दा प्रमुख सचिव नारायण विराडीले दुव्र्यवहार गरेका थिए। समाचारका लागि आवाज रेकर्डीङ गरिरहेकै समयमा क्यामेरा खोस्दै विडारीले कार्यकक्षबाट बाहिर पठाएर दुव्र्यवहार गरेका थिए। यस्तै दिनेश एफएमकर्मी नवराज धानुकमाथी पनि धनगढीमा कुटपीट भएको थियो। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहले धानुकलाई गालीगलौज गर्दै धनगढीको एलएनचोकमा कुटपीट गरेका थिए। 
यस्तै केहि समय अगाडी मात्रै दिनेश एफएम र खबरकर्मीमाथि कञ्चनपुरमा यौन दुव्र्यवहार र कुटपिट भएको थियो। दिनेश खवरकी समाचार संयोजक आर्जु हमालमाथि यौन दुव्र्यवहार र संवाददाता जनक विष्टमाथि कुटपिट भएको थियो। कञ्चपुरकी अधिकारकर्मी शारदा चन्दको विषयमा समाचार संकलन गरेर फर्किरहेको समयमा वेदकोट नगरपालिकाका स्थानीय केदार भनिने केशव विष्टको समूहले यौन दुव्र्यवहार र कुटपिट गरेको थियो। दोषीमाथि कारवाहीका लागि उजुरी हालेपनि अहिलेसम्म कुटपिटमा संलग्न  भने फरार रहेका छन्। पत्रकारमाथि श्रृखलावद्ध रुपमा आक्रमण भईरहेपनि अहिलेसम्म कारवाही भने कसैलाई गरिएको छैन्। 

 

 

कमेन्ट लोड गर्नुस