सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

२०८० पुष १, १०:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ५.५९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१ बस्ने ३४ वर्षीय जिवन डगौरासहित दुई जना पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा डगौराले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेका अबस्थामा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुले प्रयोग गरेको मोटरसाईकल एकथान समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस