डडेल्धुरामा ट्याक्टरको ठक्करबाट एक बालिका घाइते
२०८० मंसिर ३०, १०:३४
डडेल्धुराः डडेल्धुरामा ट्याक्टरको ठक्करबाट एक बालिका घाइते भएकी छन्। परशुराम नगरपालिका–७ सादनीमा शुक्रवार सुदुरपश्चिम प्रदेश ०१–००२ त ४१३७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा परशुराम नगरपालिका–६ की १२ वर्षीया बालिका ममता ऐर घाइते भएकी छन्।
घाइते बालिकाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस