डा.केसी विरुद्ध धनगढीमा संघर्ष समितिको प्रदर्शन
२०८० मंसिर ३०, ०३:४७
धनगढीः धनगढीमा अनशन बसेका डा. गोविन्द केसीको विरोधमा शनिवार प्रदर्शन गरिएको छ। चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको मागविपरीत केसी अनशन बसेको भन्दै प्रर्दशन गरेको हो।
संघर्ष समितिले केसी विरुद्ध नाराबाजी समेत गरेको छ। डा. केसी शुक्रवार साँझदेखि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठान बनाउँन माग गर्दै धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन्।
कमेन्ट लोड गर्नुस