कैलालीका चार ठाँउबाट भन्सार छलीका सामान बरामद
कैलालीः कैलालीका चार ठाँउबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान, धनगढी उपमहानगरपालिका–१ शान्तिनगर, धनगढी उपमहानगरपालिका–३ को मिलनचोक र बिशालनगरबाट तथा कैलारी गाउँपालिका–३ को निमुवाबोझीबाट अबैंध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका सामान बरामद गरिएको हो।
३८ हजार १ सय मूल्य बराबरको चिनी, मिठाई, बदाम, प्लाष्टिक, सोडा, बोईलर कुखुरा लगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।