सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल आजदेखि एक महिनाका लागि बन्द

२०७६ वैशाख २२, १०:०५ खबर संवाददाता

धनगढी विमानस्थल आजदेखि एक महिनाका लागि बन्द भएको छ। धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले आजदेखि आउँदो जेठ २१ गते सम्म बन्द गरिएको जानकारी दिए।  त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत र पार्कीङ क्षेत्र विस्तार गरिने बताईएको छ। अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना पनि रहेको छ। एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ। २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तार लगायतका योजना समेटिएको छ। एक महिना सम्म विमानस्थल बन्द भए चौतर्फी समस्या हुने भन्दै विरोध भएपनि विकल्प नभएको  जनाउदै बन्द गरिएको छ। 

कमेन्ट लोड गर्नुस