पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

२०८० मंसिर २८, ०५:३९
काठमाडौँः उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीवार आदेश दिएको हो। यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो।




कमेन्ट लोड गर्नुस