सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सुपर लिग: आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै

२०८० मंसिर २८, ०९:३० खबर संवाददाता

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारी लिगमा आज धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ।

आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ। अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै, चितवन एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ। ललितपुर सीटी शीर्षस्थानमा छ।

कमेन्ट लोड गर्नुस