सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना

२०८० मंसिर २७, ०१:०७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस