सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट विरामी ल्याईरहेको एम्बुलेन्स कैलालीको राजीपुरमा दुर्घटना

२०७६ वैशाख २२, ०७:३२ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा एम्बुलेन्स दुर्घटना भएको छ। आज विहान ३ बजे अछामबाट विरामी ल्याएर कोहलपुर गईरहेको एम्बुलेन्स राजीपुरमा अनियन्त्रित भएर दुर्घटना भएको हो। एम्बुलेन्समा सवार ५ जना मध्ये डोटी पुर्वीचौकी गाउँपालिका वडा नम्वर ४ कि ५० बर्षीय खेनादेवी भुल घाईते भएकी छिन्। उनलाई अर्को एम्बुलेन्समा राखेर उपचारका लागि कोहलपुर लगिएको छ भने चालक गणेश बोहरा प्रहरी नियन्त्रणमा छन्। 

कमेन्ट लोड गर्नुस