सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

२०८० मंसिर २६, ०१:१४ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य ४४ हजार २ सय २० बराबरको चिनी, नरिवल, मिठाई, ललिपप लगायतका सामान बरामद गरिएको छ।

यस्तै भजनी नगरपालिका-३ काँडा स्थित अन्दाजी १० हजार ९ सय २० बराबरको सुर्ती, गुट्का, बिडी लगायतका सामान बरामद गरिएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार ४ सय मूल्य बराबरको सुपारी, प्लाष्टिक, बदाम, सुर्ती लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस