सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२०८० मंसिर २६, ०५:५९ खबर संवाददाता

कैलाली: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो। सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । 

कमेन्ट लोड गर्नुस