सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवको चौथो दिन: आज पुस्कल, टेक र नरेशको प्रस्तुती

२०८० मंसिर २५, ०८:२८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम महोत्सवको दोस्रो दिन पुस्कल शर्मा, टेक बिसी र नरेश जोगीको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार पुस्कल, टेक र नरेशसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।

शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ। यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्। महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ। 

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ। साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस