सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ५० हजार बढीको अवैध सामान बरामद

२०८० मंसिर २४, ०३:५४ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ। आइतवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट भन्सार छली ल्याएका अन्दाजी करिब ४२ हजार १३० मुल्य बराबरको चिनी, मिश्री,नरिवल, खुर्सानी, ललिपप,मटर लगायतका सामान प्रहरीले बरामद गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ कटानबाट करिब १६ हजार चार सय मुल्य बराबरको चनी, बिडी, सुर्ती, मिठाई, नरिवल, बिष्कुट लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस