सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘साग सेन्टर’ सञ्चालनमा

२०८० मंसिर २४, ०५:५८ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा ‘साग सेन्टर’ सञ्चालनमा आएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा पत्रकार महेश बडूले शनिवारदेखि ‘साग सेन्टर’ सञ्चालनमा ल्याएका हुन्।

उनका अनुसार फरक सोच र ताजा तरकारीसहित ‘साग सेन्टर’को सुरुवात गरिएको हो। पछिल्लो समय तरकारी स्वस्थ नहुने र आफूले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सधैँ स्वस्थ तरकारी बिक्री गर्ने उनको दाबी छ।

दुई लाखको लगानीमा सञ्चालन गरिएको सेन्टरबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने टिमुर, मह, तरकारी, चुक, भटमास लगाएकोसमेत बिक्री वितरण गर्ने उनले बताए।

 

कमेन्ट लोड गर्नुस