सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूखबाट लडेर घाइते डडेल्धुराका एक जनाको सेती अस्पतालमा मृत्यु

२०८० मंसिर २३, ०२:३७ खबर संवाददाता

डडेल्धुराः रुखबाट लडेर घाइते डडेल्धुराका एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो। साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए।

उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्युु भएको हो।

कमेन्ट लोड गर्नुस