सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिला मृत फेला

२०८० मंसिर २३, १०:४७ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता बिष्ट मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

बिनिता आफ्नै घर नजिकै आज (शनिवार) मृत अवस्थामा फेला परेकी हुन्। मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस