सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अलपत्र अवस्थामा फेला परेकी बालिकालाई बाआमाको जिम्मा

२०८० मंसिर २२, ०१:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अलपत्र अवस्थामा फेला परेकी करिब तीन वर्षीया बालिकालाई बाआमाको जिम्मा लगाइएको छ।

आज ती बालिका धनगढीको बोराडाँडीमा अलपत्र अवस्थामा फेला परेकी थिइन्। रोइरहेको अवस्थामा स्थानीय शागर क्षेत्रीलगायत युवाहरुले ती बालिकाको उद्धार गरेका थिए। बालिका बाआमासँगै भाटभटेनी आइपुगेकी थिइन्।

तर भाटभटेनीबाट बाहिर सडकमा निस्केकी बालिका रुदै बोराडाँडीस्थित धनगढी चौराहतिर पुगेकी थिइन्। अहिले उनका बाआमा आएर ती बालिकालाई लगेर गएको उद्धारमा संलग्न क्षेत्रीले बताए।

कमेन्ट लोड गर्नुस