कैलालीमा लागु औषधसहित २ जना पक्राउ

धनगढी : कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीबाट एक ग्राम १५० मिलिग्राम लागु औषधसहित २ जना पक्राउ परेका हुन्।
टीकापुर नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय विशाल साउँद र २८ वर्षीय विजय बुढा लागु औषधसहित पक्राउ परेका नेपाल प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको प्रक्रिया थालेको जनाएको छ।


