सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगिता सुरु

२०८० मंसिर २१, ११:५३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा ४ जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता आजबाट सुरु भएको छ।

बिहीवार अमरगढी नगरपालिका–३ मा रहेको रामलिला मैदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले खेलको उदघाटन गरेकी हुन्। प्रदेशका चार जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिए।

जोशीका अनुसार उक्त प्रतियोगीतामा डडेल्धुरासंगै दार्चुला, अछाम र डोटीका महिला टिमको सहभागिता रहेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, अछाम र बाजुराको खेल कैलालीस्थित तेघरी सैनिक बिद्यालयमा सञ्चालन भइरहेको जोशीले बताए। खेलाडीहरुको क्षमताका आधारमा वर्गीकरण गरि छनोट गर्न लागिएको प्रदेश क्रिकेट संघले जनाएको छ। 

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रीय प्रतियोगीतामा सहभागिताका लागि छनोट प्रतियोगीता आयोजना गरिन लागेको हो।

कमेन्ट लोड गर्नुस