सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आपतकालीन प्राविधिक समस्या देखाएर दैनिक घण्टौँ लोडसेडिङ

२०७६ वैशाख २१, १२:३७ जनक विष्ट

धनगढीमा तत्काललाई विद्युत लाईन विस्तार र मर्मतको कुनै योजना नभएपनि आपतकालीन समस्यालाई देखाउदै घण्टौँ सम्म विद्युत कटौती गर्ने गरिएको छ। देशलाई नै लोडसेडिङ मुक्त घोषणा गरिएका बेला आपतकालीन समस्यालाई देखाउदै घण्टौँ सम्म अघोषित रुपमा हुने लोडसेडिङको मारमा धनगढीबासी परेका हुन्। 
तराईमा दिन प्रतिदिन गर्मी बढ्दै गएका बेला विद्युत प्राधिकरणले प्राविधिक समस्याका नाममा घण्टौँ सम्म विद्युत कटौति गर्न थालेपछि नगरबासीको जनजीवन नै कष्टकर भएको गुनासो गरिएको छ।

तर  नेपाल विद्युत प्राधिकरणले भने आपतकालीन समस्याले गर्दा विद्युत कटौति गर्दै आएको दावी गरिरहेको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले तत्काल विद्युत विस्तार र मर्मत सम्भारको कुनै तालिका नभएको प्रस्ष्ट पार्दै आकस्मीक समस्याले विद्युत कटौती गर्नु परेको दावी गरे। उनले गर्मीमा लोड बढि हुने गरेका कारण फ्युज जाने, टान्फर्मर जल्ने लगायतका समस्या आउने गरेको बताए।

नेपाल विद्युत प्राधिकरणले आपतकालीन समस्या देखाउदै गर्मी बढेकै समयमा घण्टौँ सम्म विद्युत कटौती गर्न थालेपछि नगरवासी भने समस्यामा परेका छन्। प्राधिकरणले दिउँसोको समयमा अत्याधिक गर्मी भएकै बेला विद्युत कटौती गर्दा  पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा दैनिकी कष्टकर भएको स्थानीयको गुनासो रहेको छ।

तर विद्युत प्राधिकरणले भने ओभर लोडको समस्या देखाउदै आएको छ भने विद्युत प्राधिकरणले प्राविधिक समस्या र मर्मतको कारण देखाउँदै पूर्व सूचना नै नदिएर मनपरी हिसाबले विद्युत काट्ने गर्दा विद्युतीय उपकरणमा थप क्षती पुगाउने गरेको स्थानीयको गुनासो छ। प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला हुने अनियमित विद्युत कटौतीको मार सबै क्षेत्रमा परेको  पनि नगरबासीको भनाई रहेको छ।

तर विद्युत प्राधिकरणले भने सामान्य समयको भन्दा गर्मी मौसममा विद्युतको माग अत्यधिक बढ्ने गरेका कारण ट्रान्सफर्मर जल्ने, पावर डाउन हुने लगायतका प्राविधिक समस्याले नै अनियमित विद्युत कटौती गर्नु परेको जिकिर गरिरहेको छ। तर विद्युतीकरण गर्ने बेला नै माग बढि हुने क्षेत्रमा कम क्षमताका ट्रान्सफर्मर राखिने तथा  जथाभावी गरिने विद्युतीकरणका कारण नै समस्या हुने गरेको जानकारहरु बताउछन्। नेपाल विद्युत प्राधिकरणले भने आफ्ना कमीकमजोरी ढाकछोप गर्न प्राविधिक क्रुटीलाई कारण देखाउने गरेको आरोप पनि लागेको छ।    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस