सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीद्धारा सरसफाई

२०७६ वैशाख २१, ११:५८ खबर संवाददाता

धनगढी ग्यालरी नाम दिएर सञ्चालन गरिएको फेसबुक समूहले शनिबार धनगढीमा सरसफाई गरेको छ। धनगढी ग्यालरीमा आवद्ध भएका युवाहरुले शनिबार धनगढीको वनदेवी मन्दिर परिसरमा सरसफाई गरेको हो। म बाट हामी हुँदै देश जोडियोस, सबैको सानो प्रयासले परिवर्तन देखियोस् भन्ने मान्यतालाई आत्मसाथ गर्दै आएको समूहले वनदेवी मन्दिर परिसरसंगै धनगढी उपमहानगरपालिका कार्यालय अगाडीको सडकमा समेत सरसफाई गरेको छ।

 उपमहानगरपालिका कार्यालय अगाडीको सडकको फोहोर उठाउदै खाल्डोमा थुपारिएको छ। समुहका एडमिन चक्र कडायतले सकारात्मक सोचका साथ अगाडी बढेको धनगढी ग्यालरीले विभिन्न सामाजिक कार्यमा अगुवाई गर्ने लक्ष्य लिएको जनाए भने समूहका सदस्य केशव विष्टले म बाट हामी हुदै देश जोडीयोस्, सबैको सानो सानो प्रयासले परिवर्तन देखियोस् भन्ने नारालाई आत्मसाथ गर्दै खोलिएको  फेसबुक समूहले देशभरी नै आफ्नो संञ्जाल विकसीत गर्ने उद्देश्य राखेको बताएका छन्।   

कमेन्ट लोड गर्नुस