कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/15825957911577866845pakrau_6.jpg?itok=hHD5lmfk)
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ लिटिल बुद्ध स्कुल नजिकबाट ०.४२ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित भीमदत्त-३ बस्ने ३१ वर्षीय संजय थापासहित तीन जना मंगलवार साँझ पक्राउ परेका हुन्।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको जनाएको छ।
उनीहरुले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकलसहित तीनै जनालाई संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)