सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघ धनगढीको अध्यक्षमा जोशी

२०७६ वैशाख २१, ११:३५ खबर संवाददाता

जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघ धनगढीको अध्यक्षमा खेमराज जोशी चयन भएका छन्। आज सम्पन्न भएको संघको प्रथम वार्षिक साधारणसभाबाट जोशीको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति गरिएको हो। कार्य समितिको उपाध्यक्षमा अमिता कुवँर, सचिवमा दिपेन्द्र बहादुर खडका, सह–सचिवमा लोकराज जोशी र कोषाध्यक्ष संजिता कुवँर चयन भएका छन्।

 यस्तै संघको सदस्यमा  महेश जोशी, निरज पाण्डे, निरञ्जना सिंह, सिजल ओझा, किशोर जोशी, लोकेन्द्र शाही, प्रतिक जोशी, भरत कुवँर, हेमराज उपाध्याय र अनुश्रीया स्वार चयन भएका छन्। डा. मेराजआलम अन्सारीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ।

समितिको सदस्यमा अनील मिश्र, रमेश भट्ट र सुरज गिरी चयन भएका छन्। एभरेष्ट इंग्लीस स्कुलका कार्यकारी निर्देशक  करुणाकर पाण्डेको प्रमुख आथित्वमा भएको प्रथम साधारणसभा उद्घाटन समारोहका विशिष्ठ अतिथि धनगढी  जेसिजका अध्यक्ष नरेन्द्र राज अवस्थी रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस