सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीको ५ नम्बर वडामा स्तनपान कक्ष संचालन

२०८० मंसिर २०, ०८:४० खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर-५ मा स्तनपान कक्ष संचालन भएको छ।

मंगलवार २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन्।

उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन्। उनले भनिन्, स–साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ। स्तनपान कक्ष स्थापना भएपछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ।’

यस अघि गाउँपालिकाको वडा नम्बर-२ र ४ मा स्तनपान कक्ष स्थापना भइसकेको छ। यसै बिच दिवसको अवसरमा वडा नम्बर-५ का सबै महिला स्वास्थ्य स्वयंसेविकालाइ सम्मान गरिएको छ। सम्मान स्वरुप उनीहरुलाई थरमस र हटकेस वितरण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस