बझाङमा प्रहरीद्धारा अवैध मदिरा बरामद गर्दै नष्ट

बझाङमा प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीले बीहिबार जिल्ला सदरमुकामका विभिन्न पसलबाट २० लिटर कच्चा पदार्थ र ७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ। प्रहरी र बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा बरामद भएको मदिरा नष्ट गरिएको हो। प्रहरीले अवैध मदिरा बरामद गर्दै नष्ट गर्ने गरी पनि उत्पादन गर्ने व्यक्तिलाई कारवाहीको दायरा ल्याउने गरेको छैन्।
