सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको नीति तथा कार्यक्रम आगामी वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:४९ खबर संवाददाता

सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने जनाएको छ। संघीय संसदको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यो वर्ष सम्बृद्धिका आधार तयार भएको जनाउँदै आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा स्थानीय तह र प्रदेशवीच समन्वयलाई प्रभाबकारी बनाइने योजना रहेकोजनाएको छ। ’प्रदेश र स्थानीय तहबीचको बिशिष्ट आधार पहिचान गरी विकास गर्ने छ,’ राष्ट्रपतिको सम्बोधनमा उल्लेख गरिएको छ। राष्ट्रपति भण्डारीले भूकम्पपछि बन्द भएको तातोपानी र सुख्खा बन्दरगाह यसैवर्षदेखि सञ्चालनमा आउने निश्चित भएको राष्ट्रपतिले सम्बोधनमा जनाएकि छन्। 

सम्बोधनमा आठ हजार विपन्न परिवारलाई आवास प्रदान गरिएको,४५७ स्थानीय तहमा एक प्राबिधिक विद्यालय स्थापना भइसकेको, प्रमुख खाद्यान्नको उत्पादनमा १० प्रतिशत र पर्यटन क्षेत्रमा ३३ प्रतिशतले वृद्धि भएको लगायत उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस