धनगढीमा एक घरबाट ३ लाख नगदसहित ८ तोला सुन चोरी
धनगढीः कैलालीको धनगढीमा एक घरबाट चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर- ५ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ। सपरिवार बुधवार पुजाका लागि डोटी गएका थिए। धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए।
चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए। सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए।