सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा आँखा शिविर, १५ सयभन्दा बढीको उपचार 

२०८० मंसिर १७, ०५:४५ खबर संवाददाता

धनगढीः कैलालीको भजनीमा नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको आयोजना तथा टर्किसकोअपरेसन एण्ड कोअर्डिनेसनको सहयोगमा आँखा शिविर सञ्चालन भएको छ।

मंसिर १४ देखि १६ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र, भजनीमा सञ्चालित आँखा शिविरमा १ हजार ५९४ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २४५ जनालाई मोतिविन्दुको शल्यक्रिया गरि गुमेको दृष्टि फेरि फर्काइएको छ भने १ हजार ३४९ जनाको निःशुल्क औषधि उपचार भएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टद्वारा प्रेसित प्रेस विज्ञप्तिमा उल्लेख छ।

गेटा आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डाक्टर सुरेशराज पन्तको नेतृत्वमा सञ्चालित शिविरमा १५ जना प्राविधिक जनशक्तिको टोलीले सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। सुदूरपश्चिममा अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले हरेक वर्ष अस्पताल तथा प्रदेशका ९ वटा जिल्लामा सञ्चालित २३ वटा शाखाबाट नियमित आँखा उपचार सेवा प्रदान गरिरहेका छन्।

गेटा आँखा अस्पतालले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा हरेक वर्ष ५० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस